अपडेट 
२०७७ मंसिर १८, बिहीबार ०७:४१

वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको नेपाली कांग्रेसले विरोध भएको छ ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बुधबार दिउँसो समाजिक संजालमार्पmत प्रतिक्रिया दिदै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित तनहुँका दर्जनौ काँग्रेस नेताहरुलाई लछार पछार गरी गिरप्mतार गरेकोमा सरकारको घोर भत्र्सना गर्दछु । स्थानीय तहले निर्माण गरेको र स्थानीय तहले नै निर्णय एवम् आयोजना गरेको पुल उद्घाटनलाई रोक्नु र थुन्नु संघीयता विरोधी र तानाशाही काम हो भनेर उपसभापति निधिले विरोध गरेका छन् । यस्तै, बरिष्ठ नेता पौडेललाई गिरफ्तार गरेको विरोधमा युवाहरुले जनकपुरमा बुधबार साँझ टायर बालेर प्रदर्शन गरेका छन् ।

जनभावना लत्याएर अनियमितता र भ्रष्टाचारमा चुर्लुम्म डुबेको ओली सरकारले बिकास बिरोधी चरित्र प्रदर्शन गरेको युवाहरुले आरोप लगाएका छन् । घटनाको बिरोधमा नेपाल विद्यार्थी संघ राराब कलेजका सभापति सुजित यादवको अगुवाईमा भानु चोकमा टायर बालेर प्रदर्शन गरिएको हो । कार्यक्रममा तरुण दल धनुषा जिल्ला सदस्य शैलेन्द चोरबार, संजिव यादव लगायतका युवाहरुको उपस्थिति रहेको थियो । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले वरिष्ठ नेता पौडेललाई बुधबार दिउँसो नियन्त्रणमा लिएको थियो । प्रहरीले तीन घण्टा नियन्त्रणमा राखेर साँझ उनलाई रिहा गरेको छ । उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई पनि प्रहरील नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको हो । रिहाइपछि पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन् । तनहुँमा भएको तनावका बीच प्रहरीले वरिष्ठ नेता पौडेलसहित १२ जना कांग्रेस नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । प्रहरीले ६ जना नेकपा कार्यकर्ताहरुलाई पनि पक्राउ गरेको छ । पौडेलको रिहाइको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिर प्रदर्शन गरेको थियो ।

सरकारको विरोध र टायर बाल्दै रिहाई मागमा प्रदर्शन गर्दै केही समय पृथ्वी राजमार्गसमेत अवरुद्ध गरेको थियो । व्यास नगरपालिकाले निर्माण गरेको पूल उदघाटन गर्न तनहुँ जिल्ला पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी राज्यको खिल्ली उडाएको नेपाली काँग्रेस केन्द्रिय कार्यालयले भत्र्सना गरेको छ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले बुधबार साँझ एक विज्ञप्ती जारी गरेर घटनाको घोर भत्र्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन

Comment


Related News

Latest News

Trending News