अपडेट 
२०७७ मंसिर १८, बिहीबार ०७:४६

झुठो तथा नक्कली विजक प्रयोग गरि राजस्व छली गरेको भन्दै धनुषाका सवैला नगरपालिका रघुनाथपुर ठेगाना भएको रमण कन्स्ट्रक्सन सहित बारा र पर्साका कम्पनीहरुमाथि राजस्व छलीमा मुद्दा दायर गरिएको छ ।

रमण कन्स्ट्रक्सन प्रालीले २० करोड ८७ लाख बिगो बराबरको राजस्व छली गरेकाले उक्त कम्पनीविरुद्ध मुद्दा चलाइएको राजस्व विभागले जनाएको छ । विभागले वुधवार एक सूचना जारी गरी पर्सा बेलवास्थित क्रेटा इन्टरप्राइजेजका सञ्चालक नविकरिम अन्सारीसमेत तीन व्यक्तिले आठ करोड २४ लाख बिगो बराबरको राजस्व छली गरेको आरोप लगाएको छ । अन्सारीसहित परमेश्वर साह तथा मुख्य कारोवारी जयकिशोर साहविरुद्धसमेत राजस्व छलीमा मुद्दा चलाइएको मैनालीले जानकारी दिए । उनीहरुले वस्तु तथा सेवा उत्पादन र स्थानीय खरिद तथा आयात नगरी बिक्री मात्रै गरेको, मूल्य अभिवृद्धि कर विवरणमा तथा आय विवरणसमेत दाखिला नगरेको, मालवस्तुको खरिद गरेको भनिएका फर्मलाई बैंकमार्फत भुक्तानी नगरी विजकको मात्र हस्तान्तरण गरी राजस्व चुहावट गरेको जनाइएको छ ।

राजस्व अनुसन्धान विभागले झुठो तथा नक्कली विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा विभिन्न कम्पनी, सञ्चालक, तथा उनका कारोवारीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । उच्च अदालतमा दायर मुद्दामा बिगो असुल गरी जरिवाना र कैद माग दाबी लिइएको छ ।

Comment


Related News

Latest News

Trending News