अपडेट 
२०७७ मंसिर १८, बिहीबार ०७:५२

विगतका वर्षबाट सरेर आएका पुराना मुद्दाहरु अबको तीन वर्ष भित्रै शुन्यमा झारिने तयारी गरिएको छ । बुधबार उच्च अदालत जनकपुर राजविराज इजलाशको सभा कक्षमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधिश हरिकृष्ण कार्कीले सो जानकारी दिएका हुन् ।

न्यायपालिकामा हुन सक्ने बिकृती बिसंगति र अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नु पर्ने उपायहरुको सम्बन्धमा बिस्ततृ अध्ययन गरि प्रतिवेदन पेश गर्न उनकै नेतृत्वमा गठित समितिले आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सहभागि नागरिक समाज, संचारकर्मी र अधिकारकर्मीलाई सम्बोधन गर्दै उनले आगामी २०८० साल भित्र विगतका वर्षहरुबाट सरेर आएका सबै पुराना मुद्दालाई फर्छच्यौट गरि शुन्यमा झारिने लक्ष्यका साथ काम अघि बढेको र समयमै लक्ष्य प्राप्त गर्ने बताए ।

पुराना मुद्दाहरुलाई सरल, जटिल र अतिजटिल गरि तीन किसिमले वर्गिकरण गरि अबको तीन वर्ष भित्र न्याय सम्पादन र फर्छच्यौट गर्ने लक्ष्यका साथ तिब्र गतिमा काम अघि बढिसकेको छ उनले भने । नागरिकलाई अदालतको प्रत्यक्ष सेवा अनुभुति गराउन, बिचौलियाको भूमिका समाप्त पार्न तथा अदालत प्रशासनमा सुधार ल्याउन विभिन्न कार्ययोजना अघि बढेको बताएका उनले न्याय प्रणालीमा सूधारका लागि आवश्यक सुझाव दिन समेत सहभागिसँग आग्रह गरे । एक अर्को प्रासङ्गमा उनले सकभर पेशीमा चढेर छलफलम गएका मुद्दाबारे समाचार सम्प्रेशन नगरिदिन अनुरोध समेत गरे । उनले भने, यसरी समाचार मिडियामा आउँदा स्वतन्त्र निर्णयमा समेत असर गर्छ ।

कार्यक्रममा न्याय परिषद् का सदस्य लक्ष्मी बहादुर निराला खडका, नायब महान्यायधिवक्ता नारायण प्रसाद पौडेल, नेपाल बार एशोसिएशनका अध्यक्ष चन्देश्वर श्रेष्ठ, सर्वोच्च अदालतका सह–रजिष्टार नेत्र प्रसाद आचार्य लगायतले प िबोल्दै न्याय सम्पादनका बेला न्यायाधीशलाई कतैबाट प्रभाव पार्नु नहुने जिकिरका साथ छिटो, छरितो र विश्वसनिय न्याय सम्पादनका लागि सबैले आ– आफ्नो ठाउँबाट सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमका सहभागिहरुले विभिन्न रायसुझाव दिँदै अदालतले ल्याएको कार्यक्रमले सार्थकता पाए न्यायलयप्रतिको विश्वासमा बढोरी हुने धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News