अपडेट 
२०७७ मंसिर १८, बिहीबार १५:००

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यही मंसीर २८ देखि रोकिएका सबै परिक्षा सञ्चालन गर्ने भएको छ । कोरोनाका कारण रोकिएका सबै परिक्षा कोरोनाको मापदण्ड पूरा गरेर संञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको हाे । पहिलो चरणमा स्नातक तहको परीक्षा गर्न थालिएको बताइएकाे छ । मंसीर २८ गते विज्ञान तथा प्रविधि, शिक्षा र व्यवस्थापन संकायको चौथो वर्षका परीक्षा हुँदैछन् । पहिलो चरणको परीक्षा सकाएपछि स्नातकोत्तर तहको माघ र बाँकी स्नातक तहको अन्य वर्षको परीक्षा क्रमशः गरिने जनाइएको छ।

त्रिविले यसपटक विद्यार्थीलाई आफूलाई पायक पर्ने ठाउँबाट पनि परीक्षा दिनसक्ने व्यवस्था मिलाएको छ । कम विद्यार्थी भएका सेमेष्टर तहका परीक्षा भने भइरहेका छन् ।

Comment


Related News

Latest News

Trending News