अपडेट 
२०७७ मंसिर १९, शुक्रबार ०७:१०

विश्वभरमा चार करोड ५३ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा चार करोड ५३ लाख ३७ हजार चार सय ९० जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा ६ करोड ५४ लाख ९६ हजार ७२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १५ लाख १० हजार सात सय ७१ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ८६ लाख ४७ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ४५ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८५ लाख ५२ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ८२ हजार सात सय चार जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म ९५ लाख ६४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९० लाख आठ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३९ हजार एक सय दुई जना पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख ३७ हजार पाँच सय ८९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख २० हजार दुई सय ७२ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार पाँच सय ५१जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News