अपडेट 
२०७७ मंसिर १९, शुक्रबार १३:३७

यो हप्ता सुनको भाउ २२ सय रुपैयाँले बढेको छ ।

हप्ताको पहिलो दिन आइतबार तोलाको ९० हजार सात सय रुपैयाँ रहेको सुनको भाउ आज हप्ताको अन्तिम ९२ हजार ९ सय रुपैयाँमा पुगेको छ । आजको यो भाउ हिजोभन्दा तीन सय रुपैयाँले बढी हो । गएको आइतबार तोलामा ९० हजार सात सय रुपैयाँ रहेको सुनको भाउ सोमबार ९० हजार रुपैयाँमा झरेको थियो ।

मंगलबार फेरि ५ सय रुपैयाँले बढेर भाउ ९० हजार ५ सय रुपैयाँ पुगेको थियो भने बुधबार फेरि ५ सय रुपैयाँले नै बढेर ९१ हजार रुपैयाँ पुगेको थियो । हिजो बिहीबार एकैदिन १६ सय रुपैयाँले बढेर तोलामा ९२ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै यो हप्ता चाँदी पनि तोलामा ६० रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय १० रुपैयाँमा पुगेको छ ।

Comment


Related News

Latest News

Trending News