अपडेट 
२०७७ मंसिर १९, शुक्रबार १६:४४

नेपालमा शुक्रबार थप १२७२ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थव १६ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म १५६७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १५७५ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म २ लाख २१ हजार ८४७ कोरोना संक्रमणबाट निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल १५ हजार ४४७ जना आइशोलेशनमा छन् भने ५३७ जना क्वारेन्टाइनमा छन् । हालसम्म १७ लाख ७१ हजार ९५० वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News