अपडेट 
२०७७ मंसिर १९, शुक्रबार १८:२६

सुचना प्रविधी क्षेत्रको विश्वको सबै भन्दा ठुलो प्रतियोगीता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप यस वर्ष ७७ वटै जिल्लामा हुने भएको छ।

पोखराको सृजनाचोकमा रहेको दीप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दीप कम्प्युटर इन्ष्ट्रिच्युटले अघिल्लो वर्षको जस्तै यस वर्ष माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपमा लैजाने ७७ वटै जिल्लाको विद्यार्थीलाई लैजाने भएको हो ।प्रदेश नं २ का धनुषा, महोत्तरी, सिराहा रसप्तरी गरि चारजिल्लाका सबै विद्यार्थीलाई भनेविश्वकर्मा चोक, जनकपुरको साभियन्स ईन्टरप्राईज प्रा. लि सहभागी गराउने भएको हो ।माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियनसीप एक ग्लोबल कम्पीटिसन हो । जसले विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण गर्दछ । साथै विद्यार्थीलाई माईक्रोसफ्ट सर्टिफिकेशन उपलब्ध गराउँदछ । माईक्रोसफ्ट सर्टीफिकेशन एक अन्तराष्ट्रिय प्रमाण पत्र हो । प्रतियोगितामा जिल्ला स्तरीय, राष्ट्रिय र अन्तराष्ट्रिय गरी तीन तह रहेको छ ।

१३ वर्ष पूरा भई २२ वर्षसम्मको जो कोही प्रतियोगितामा सहभागी हुन सक्दछन् । अघिल्लो वर्ष १३ देखी १८ वर्ष उमेर समूहलाई प्रतिष्पर्धा गराईएको थियो । जिल्ला स्तरको परीक्षा सफल गरेकाबाट छानिएका जिल्ला स्तरीय विजेताहरु नेशनल च्याम्पियनसीपका लागि पोखरा जानेछन् । पोखरामा ७७ जिल्लाबाट छानिएका ४ सय ६२ जना बिजेताहरु बीच प्रतिस्पर्धा हुनेछ ।

प्रदेश नं १ बाट ६, प्रदेश नं २ बाट ८, बाग्मती प्रदेश बाट ८ गण्डकी प्रदेशबाट ९, लुम्बिनी प्रदेशबाट ७, कर्णाली प्रदेशबाट ३ र सुदुरपश्चिम प्रदेशबाट ३ जिल्लाको प्रतियोगितामा सहभागिता हुने निश्चित भएको र प्रतियोगितालाई प्रभावकारी बनाउने प्रत्येक प्रदेशमा जिल्ला पार्टनर मिट अनुरुपलुम्बिनी, कर्णाली र सुदुरप्रश्चिम, बाग्मती, प्रदेश १ र प्रदेश २ को सकिसकेको र गण्डकी प्रदेशको मंसिर २३ गते बाग्लुङमाआयोजना गरिएको कार्यक्रमको राष्ट्रिय पार्टनर दिप आईटीका सञ्चालक दीपेन्द्र लामिछानेले बताउनुभयो ।सहभागी हुन चाहनेहरुको लागी आवश्यक तालिमको व्यवस्था पनि सम्बन्धित जिल्ला पार्टरले नै गरेको छ ।प्रतियोगीतामा सहभागी हुने प्रत्येक विद्यार्थीले १००,०००/- देखी १५०,००० बराबरको फाईदा पुग्ने र सम्पुर्ण विद्यार्थीहरुलाई सहभागी गराउन र धनुषा, महोत्तरी, सिराहा रसप्तरी गरि चारजिल्लामा रहेका विद्यार्थीहरुलाई यो अवसर नगुमाउनु हुन साभियन्स ईन्टरप्राईज प्रा. लि का सञ्चालक बिनय साहलेजानकारी गराउनुभयो ।संस्थाले विभिन्न क्षेत्रका जनशक्तिको आवश्यकता पुरा गर्ने हेतुका साथ सफ्टवयर सम्बन्धी सम्पुर्ण सेवा, कम्प्युटर कोर्षहरु साथै माईक्रोसफ्ट, एडब, एप्पल, ईसि काउन्सिल आदिको अन्तराष्ट्रिय प्रमाणपत्रका कोर्षहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।

Comment


Related News

Latest News

Trending News