अपडेट 
२०७७ मंसिर २०, शनिबार ०८:१६

विश्वभरमा चार करोड ५७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् ।

शनिबार बिहानसम्ममा चार करोड ५७ लाख ७७ हजार चार सय ९५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।हालसम्म विश्वमा ६ करोड ६१ लाख ८४ हजार एक सय सात जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १५ लाख २३ हजार तीन सय ११ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ८८ लाख ८८ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ४७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८६ लाख ४३ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ८५ हजार चार सय १३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९६ लाख सात हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९० लाख ५७ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३९ हजार सात सय १४ जना पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख ३८ हजार आठ सय ६१ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख २१ हजार आठ सय ४७ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार पाँच सय ६७ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News