अपडेट 
२०७७ मंसिर २०, शनिबार १५:३३

जिल्लामा कोरोना भाइरस संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ज्वरो र श्वास फेर्न समस्या भएपछि उपचारका लागि अस्पताल लगिएकामा उनीको पीसीआर परीक्षण गर्दा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण भएपछि उपचार हुँदाहुँदै शुक्रबार राति उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News