अपडेट 
२०७७ मंसिर २०, शनिबार १५:४२

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शुरु भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सचिवालय सदस्यहरुको सहभागितामा सचिवालय बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने बताइएको छ । बैठक शुरु हुनु अघि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता पनि भएको थियो । २५ दिन लामो संवादहीनता तोड्दै प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षले भेटवार्ता गरेका हुन् ।गएकाे कात्तिक २५ गतेयता ओली र प्रचण्डबीच भेटवार्ता भएको थिएन । ओलीलाई भेट्नुअघि प्रचण्डले खुमलटारमा रहेको आफ्नो निवासमा वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुसँग छलफल गर्नुभएको थियो ।

Comment


Related News

Latest News

Trending News