अपडेट 
२०७७ मंसिर २०, शनिबार १६:४२

नेपालमा शनिबार थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १ हजार २४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । त्यस्तै कोरोना संक्रमणका कारण थप १० जनाले ज्यान गुमाएका छन् । यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५७७ पुगेको छ ।नेपालका थप २२०६ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख २४ हजार ५३ कोरोनामुक्त भएका छन् ।

त्यस्तै हाल १४ हजार २५५ जना आइशोलेशनमा छन् भने ५३६ जना क्वारेन्टाइनमा रहेका छन् ।हालसम्म १७ लाख ७८ हजार २४ वटा कोरोना परिक्षण गरिएका छन् ।

Comment


Related News

Latest News

Trending News