अपडेट 
२०७७ मंसिर २०, शनिबार २०:५९

प्रदेश नं २ को प्रादेशिक आइसोलेसन सेन्टर वन्द हुदाहुदै विवादीत वनेको छ ।

एसीयाकै उतकृष्ट आइसोलेसन सेन्टरको रुपमा मानिएको आइसोलेसनमा विरामी आउन छाडेपछि शनिवार देखि वन्द गरिएको छ । नगराइन नगरपालिकाको गंगुली स्थित मिथिला आर्युवेद कलेज तथा अनुसन्धान सेन्टरमा निमार्ण भएको आइसोलेसन सेन्टर शनिवार खाली गर्ने समयमा कलेजका संचालकले क्षतिपुर्ति तथा भाडा माग गर्दा विवाद सृजना भएको छ । आइसोलेसन सेन्टरमा लाखौको क्षति तथा विगत ९ महिनाको भाडा समेत नदिएर आइसोलेसन सेन्टरमा रहेको सम्पुर्ण सामान सेना लगाएर लग्न खोजिएको र रोक्न खोज्दा कुटपिटको प्रयास गरिएको संचालक सदस्यहरुले आरोप लगाएका छन । आयुर्वेद सम्वन्धि उच्च शिक्षा दिदै आएका मिथिला आर्युवेद कलेजले कोरोना भाइरसको प्रकोप वढेपछि कलेजलाई वन्द गरेको थियो । सोहि समयमा प्रदेश सरकारले प्रादेशिक कोरेन्टाइन सेन्टर वनाउनका लागि कलेजले तिर्दै आएको भाडा तिर्ने शर्तमा कोरेन्टाइन सेन्टर निमार्ण गरिएको कलेजका संस्थापक मनोज झाले वताए । झाका अनुसार कोरेन्टाइन निमार्ण पछि प्रादेशिक कोरेन्टाइन सेन्टरका संयोजक सन्तोष ठाकुरको अगुवाईमा कलेजको फुलवारीमा लगाइएको बहुमुल्य आर्युवेदिक जडीवुटिको रुखहरु कटान गरिएको वताए । उनले कलेजमा रहेको फर्निचरहरु तोडफोड गरेर लथालिंग अवस्थामा फयालिएको समेत आरोप लगाएको छ ।यता कलेजका अर्का सस्थापक भुप नारायण झाका अनुसार कलेजमा भएको क्षतिपुर्तिको हिसाव तथा भाडाको हिसावकिताव समेत नगरि जवरजस्ती हस्तानान्तरण गरि आइसोलेसन सेन्टरमा राखिएको सामानहरु लग्न खोज्दा आफुले रोकेपछि सेन्टरका संयोजक सन्तोष ठाकुरले मदिरा सेवन गरेर हातपात समेत गरेको आरोप लगाए ।

यता सेन्टरका संयोजक ठाकुरले फुलवारीमा रहेको कुनै पनि आर्युुवेदका विरुवाहरु काटछाट नगरेको वताएका छन उनले आइसोलेसन सेन्टरमा रहेको फुलवारीमा झाडी बढी भएपछि फुलहरुको विरुवालाई संचालकको सामुनेमै काटछाट गरिएको वताए । भाडाको सम्वन्धमा आवश्यक प्रक्रिया पुरयाएर समाजिक विकास मन्त्रालयमा सम्पर्क गर्न का लागि वताए ।

कलेजका संस्थापक मनोज झाका अनुसार कलेजमा लगाइएको आयुर्वेदिक जडीवुटिका विरुवा तथा आर्युवेदमा काम लाग्ने फुलको विरुवाहरुको देशका विभिन्न ठाउबाट महगो मुल्यमा किनेर ल्याइएको थियो । झाले कलेजमा रहेका लाखौ वरावरको फर्निचर ,झयाल ढोका,जडिवुटिहरुको क्षति गरेको समेत वताएका छन । चैत १४ गते देखि मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्रमा सुरु गरिएको कोरेन्टाइन सेन्टर जेठ १७ गते सम्म चलेको थियो । त्यसपछि जेठ १८ गते देखि असार १७ गते सम्म खाली राखिएको थियो भने असार १८ गते देखि कोरेन्टाइन सेन्टरलाई आइसोलेसन सेन्टरमा परिणत गरिएको थियो । भदौ १८ पछि कोरोनाका विरामीहरु ऋाउन छाडेपछि आइसोलेसन सेन्टर वन्द गरिएको सेन्टरका संयोजक सन्तोष ठाकुरले वताए ।

Comment


Related News

Latest News

Trending News