अपडेट 
२०७७ मंसिर २२, सोमबार ०७:४४

ब्रिटानिया बिस्कुट उद्योगका मजदूर हरुको आन्दोलनमा संघीय सांसद प्रदिप यादवले समर्थन जनाएका छन् ।

वीरगन्ज– पथलैया औधोगिक करिडोरमा रहेको बहुराष्ट्रिय बिस्कुट उद्योग ब्रिटानिया नेपालको मुलगेटमा संघीय सांसद यादवले झण्डै डेढ घण्टा धर्ना बसेका छन् । आइतवार विहान साढे ५ बजेदेखि ७ बजे सम्म धर्ना बसेका हुन् । वीरगंज २१ परवानीपुरमा रहेको उद्योगको मुल गेटमा आन्दोलनरत मजदूर हरुको आन्दोलन प्रति समर्थन जनाउँदै उनी धर्नामा बसेका हुन् । पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य यादवले धर्ना कार्यक्रम सम्पन्न गरे लगत्तै उद्योग व्यवस्थापन पक्षले पर्सा प्रहरी लगाएर स्टाफ तथा कामदार भित्र प्रवेश गराएका थिए । २८ दिनअघि व्यवस्थापन पक्षले श्रम ऐन २०७४ विपरित आचरण देखाई गैरकानुनी काम गरेको भन्दै १२ जना स्थायी मजदुर हरुलाई निष्काशन गरेको थियो । त्यसपछि स्थायी मजदूरहरु मुलगेटमा धर्ना दिई आन्दोलन थालेका छन् ।

२ सातादेखि जारी शान्तिपूर्ण आन्दोलनमा रहेका मजदूरहरुलाइ ्रहरीको सहयोगमा मजदूरहरुलाई तितरबितर पार्दै आन्दोलन गलाउने प्रयत्न गर्दै आएको छ । निकालिएका १२ जना मजदूरहरुको पुर्नबहालीको लागि दबाब स्वरुप मजदूरहरुको धर्नामा सहभागि भएका हुन् । सांसद यादवले धर्नामा बसेर खाना खाना वीरगंज पुग्दा करिब साढे १० बजे पर्सा प्रहरीले बल प्रयोग गरी ब्रिटानियको उद्योग भित्रको कार्यालयमा काम गर्ने स्टाफ तथा ठेकेदार पक्षबाट ज्यालादारीमा काम गर्ने करिब ४० जना कामदारलाई भित्र छिराइएको नेपाल काराखाना श्रमिक संघ एकाई अध्यक्ष राजेश्वर महतो कोइरीले बताए । उनले सांसद यादवको आन्दोलनप्रतिको एक्यबद्धतापछि प्रहरीले संयमता अपनाए तापनि मुलगेट केही समयको लागि ब्लक गरी छेउबाट मजदूरहरुलाई भित्र प्रवेश गराएको बताएका थिए ।

उद्योगले डेढ वर्ष बिते तापनि पोसाक भत्ता, बोनसलगायत सेवा सुविधा नदिएपछि मजदुरहरुको हक अधिकारको पक्षमा आवाज उठाउने मजदुर नेताहरुलाई व्यवस्थापन पक्षले कारवाही गर्दै निकालेको थियो । व्यवस्थापन पक्ष स्रोतका अनुसार निकालिएका १२ जना मजदुरहरुलाई कुनै पनि हालतमा पुर्नबहाली गर्न नमिल्ने बताएको छ ।

Comment


Related News

Latest News

Trending News