अपडेट 
२०७७ मंसिर २२, सोमबार ०७:५६

विश्वभरमा चार करोड ६५ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा चार करोड ६५ लाख ६६ हजार आठ सय ३६ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ६ करोड ७३ लाख ६७ हजार ६ सय तीन जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १५ लाख ४१ हजार दुई सय ९३ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ९२ लाख ५९हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ५१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८८ लाख ५३ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ८८ हजार आठ सय ८६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९६ लाख ७६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९१ लाख ३८ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४० हजार पाँच सय ९० जना पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख ४० हजार नौ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख २५ हजार आठ सय पाँच जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार पाँच सय ९४ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News