अपडेट 
२०७७ मंसिर २२, सोमबार ०७:५८

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रको रक्षा र पार्टी एकता बचाउनका लागि सबैले त्याग गर्ने बेला आएको बताउनुभएको छ ।

आइतबार पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष दाहालले अहिलेको प्रमुख कुरा अध्यक्ष र प्रधानमन्त्री भन्दा पनि गणतन्त्रको रक्षा र पार्टी एकता बचाउनु रहेको बताउनुभएको हो । उहाँले गणतन्त्रको रक्षा र पार्टी एकता बचाउनका लागि आफू दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताउनुभयो ।१३ मंसिरमा बसेको पार्टी सचिवालय बैठकमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न तयार रहेको भन्दै दाहाल पनि तयार हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा अध्यक्ष दाहालले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताउनुभएको हो ।

‘पदभन्दा महत्वपूर्ण गणतन्त्र र पार्टी एकता हो आवश्यक परे जोकसैले पनि त्याग गर्न तयार हुनुपर्छ म त्यसका लागि तयार छु’, दाहालको भनाइ थियो ।

स्थायी कमिटी बैठकमा झण्डै एक घण्टाभन्दा बढी समय बोल्नुभएका अध्यक्ष दाहालले पार्टी एकतामै जोड दिनुभएको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार एकताको विकल्प एकता नै रहेको दाहालको भनाइ थियो ।

Comment


Related News

Latest News

Trending News