अपडेट 
२०७७ मंसिर २२, सोमबार ०८:२७

भारतीय टिभीको चर्चित कमेडी शो ‘तारक मेहताका उल्टा चश्मा’ का लेखक अभिषेक मकवानाले केही दिन अघि आत्महत्या गरेका थिए ।

अभिषेकले आफ्नो सुसाइड नोटमा आत्महत्याको कारण आर्थिक कारण बताएका थिए । तर अब उनको परिवारले अभिषेक ब्ल्याकमेल र साइबर धोकाको शिकार भएको दाबी गरेका छन् ।परिवारले भने, ‘उनीहरुले फोन गरेर पैसा मागिरहेका छन् । अभिषेकले ऋण लिने बेला आफ्नो परिवारलाई साक्षी बनाएको उनीहरुले बताइरहेका छन् । अभिषेकले फाइनान्सियल फ्रडका कारण आत्महत्या गरेका हुन् ।’अभिषेक मकवानाका भाइ जेनिसले मुम्बई प्रहरीलाई दिवगंत लेखेकाका थुप्रै इमेलले पनि फाइनान्सियल फ्रडको जानकारी पाएको जानकारी दिए ।

अभिषेकले आफू निकै लामो समयदेखि आर्थिक समस्यासँग जुधिरहेको र त्यसैले आफूले यस्तो खतरनाक कदम उठाएको सुसाइड नोटमा बताएका थिए ।

Comment


Related News

Latest News

Trending News