अपडेट 
२०७७ मंसिर २२, सोमबार १५:०८

विभिन्न पाँच सुत्रिय मांग राखेर  सर्लाहीमा अनिश्चिकालिन रिले धर्ना सुरु गरिएको छ ।   

  भारतले एकतर्फी रुपमा सीमानाका खोले पनि नेपाल सरकारले नेपाल तर्फको सीमा नखोल्दा स्थानीय बासिन्दालाई  समस्या उत्पन्न भएको भन्दै सर्वपक्षिय संघर्ष समितिद्वारा सीमानाका खुल्ला गर्नु पर्ने, राष्ट्रिय गाैरवकाे अायाेजना हुलाकी राजमार्गकाे निर्माणकार्य चालू अार्थिक वर्षमै  पुरा गर्नु पर्ने , हुलाकी राजमार्ग लगायत अन्य शाखा सडक र पुलहरुको गुणस्तर  छानबिन गर्नुपर्ने, हुलाकि राजमार्ग बनाउँदा  पर्ने जग्गाको मुआब्जा  उपलब्ध गराउनु पर्ने, हुलाकी राजमार्ग निर्माणकार्यको ठेक्का पाएका ठेकेदारलाई चालू आर्थिक बर्षमै काम पूरा गर्न लगाउने  मागहरू राखेर  रिले धर्ना शुरू गरिएको हो । 

     सर्वपक्षिय अर्थात सम्पुर्ण  पार्टीका नेता  कार्यकर्ता तथा  स्थानीबासीहरु सर्लाहीको सदरमुकाम मलंगवा स्थित सहिद चौकमा  अनिश्चितकालिन रिले धर्ना कार्यक्रम सुरु गरेका हुन  । धर्नामा नेपाल भारत सिमासँग जोडिएका पालिकाका प्रमुख ,उपप्रमुख , प्रदेश २ का सांसद तथा पुर्व सांसदहरु  रिले धर्नामा बसेका छन  ।  

   सीमापारिबाट नेपाल आउने तर नेपालबाट सीमापारि जान नदिने  सरकारी नीतिका कारण सीमावर्ती क्षेत्रका बासिन्दालाई  विभिन्न समस्याहरु उत्पन्न भएकोले यथाशीघ्र सिमानाका खोलाउन सरकारलाई दबाब दिन धर्नामा बसेको सर्वपक्षीय संघर्ष समितिका संयोजक मेथुर चौधरीले बताए।

Comment


Related News

Latest News

Trending News