अपडेट 
२०७७ मंसिर २३, मंगलवार ०७:०८

विश्वभरमा चार करोड ६९ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । मंगलबार बिहानसम्ममा चार करोड ६९ लाख ८७ हजार ७ सय ४८ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ६ करोड ७९ लाख दुई हजार दुई सय १६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १५ लाख ४९ हजार ६ सय ११ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ९३ लाख ६४ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ५३ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८९ लाख ७६ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ९० हजार तीन सय ७३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म ९७ लाख तीन हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९१ लाख ७७ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४० हजार नौ सय ९४ जना पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख ४१ हजार नौ सय ९५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख २७ हजार चार सय ३३ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार ६ सय १४ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News