अपडेट 
२०७७ मंसिर २३, मंगलवार ०७:२३

भारतमा आन्दोलनरत किसान संगठनले मंगलबार भारत बन्दको आह्वान गरेको छ । सोमबार सो संगठनले सो कुराको जानकारी दिएको हो । सरकारले ल्याएको नयाँ कृषि कानुनको विरुद्धमा ११ दिनदेखि आन्न्दोलनरत किसानहरु दिल्लीका सडकमा धर्ना दिएर बसिरहेका छन् ।

किसान संगठनले आह्वान गरेको बन्दको कार्यक्रमलाई तमाम विपक्षी दलहरुले समर्थन गरेका छन् । भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैतका अनुसार बन्दको कार्यक्रम अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चक्काजामको कार्यक्रम समेत रहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News