अपडेट 
२०७७ मंसिर २३, मंगलवार ०७:३४

गौर । रौतहट जिल्लाको चर्चित अपराध राजपुर बम काण्डका मुख्य आरोपी मोहमद महताव आलम भारतबाट पक्राउ परेका छन् ।

नेपाली कांग्रेसका निलंबित सांसद मोहमद आफताव आलम विरुद्धको कर्तव्य ज्यान तथा विष्फोटक पदार्थ मुद्दामा साक्षी बकपत्र नसकिदै बमकाण्डका मुख्य नायकको रुपमा चित्रण गरिएका उनी भारतबाट पक्राउ परेका हुन् । महताब निलम्बित सांसद आफताब आलमका भाइ हुन् । मुद्दामा सुनुवाई भए पछि फरार भएका आलम एक वर्ष पछि भारतको मोतिहारीबाट आइतवार राती पक्राउ परेका हुन् । आलम सँगै पक्राउ पर्नेको संख्या ५ पुगेको छ भने अझ ६ जना आरोपितहरु फरार रहेका छन् । प्रहरी खोजीको सूचिमा रहेका आलमलाइ प्रदेश २ प्रहरी कार्यालयबाट खटेका नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा मोतिहारीस्थित मोटर गैरेजबाट पक्राउ गरिएको प्रहरी श्रोतले जनाए । प्रदेश प्रहरीले रौतहट जिल्लाको बौधिमाई नगरपालिका वड़ा नम्बर ७ बड़की बंकुल नजिकबाट पक्राउ गरेको दावी गरेका छन् । स्रोतका अनुसार आलमको छोराले गाडी सर्भिसिंग गराउन मोतिहारी गएको र आलम पनि सोही गैरेजमा आएको प्राप्त सुचनाको आधारमा गएको प्रहरीे टोलीले राति करिव नौ बजेतिर नियन्त्रणमा लिइएको थियो । प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जारी गरेको विज्ञप्तिमा पक्राउ परेका रौतहट जिल्लाका राजपुर नगरपालिका वड़ा नम्बर ४ निवासी ५५ वर्षीय महतावले प्रारम्भिक अनुसन्धानको क्रममा दाजु मोहमद आफताव आलमको निर्देशनमा घटना लुकाउने उदेश्यले विस्फोटमा परि मृत्यु तथा घाइतेहरुलाई ट्रैक्टरमा राखेर ईटा भट्टामा जलाएको स्वीकार गरेको जनाइएको छ ।

पहिलो संविधान सभाको निर्वाचनको मतदान हुनु पूर्व २०६४ चैत्र २७ गतेका दिन चुनाव विथोल्ने उदेश्यले शेख इदरीसको गोठघरमा विष्फोटक पदार्थ भण्डारण गरी बम बनाउदै गरेको अवस्थामा विस्फोट हुदा घटनामा परि घाइते भएका छोरा पिंटू भनिने त्रिलोक प्रताप सिंह लाई जिउदै ईटा भट्टामाँ जलाएको भन्दै मृतकका बूबा श्री नारायण सिंहले दिएको कीटाणी जाहेरीको आधारमा १२ वर्ष पछि गत वर्ष असोज २७ गते सांसद आलम पक्राउ परेपछि सो मुद्दा कार्यवाहीमा अगाडी बढेको छ । ११ जना अभियुक्त बनाइएको सो मुद्दामा पक्राउ परेका सांसद आलम र अर्का सहयोगी अभियुक्त शेख सेराज पुर्पक्षका लागि कारागारमा रहेका छन भने बद्री सहनी र मुक्ति साह भने धरौटीमा रिहा भएका छन् । रौतहट जिल्ला अदालतमा मुद्दाका साक्षी बकपत्र एक महिनादेखि जारी रहेको छ । कार्तिक १९ गतेदेखि शुरू भएको बकपत्रमा आइतवार सम्म १८ जनाले आफ्नो बकपत्र गरी सकेको र १९ औ व्यक्तिको बकपत्र जारी रहेको जिल्ला अदालतले जनाएको छ । २० जनाको बकपत्र हुन बाँकी रहेकोले अभैm एक महिना लाग्न सक्ने बताइएको छ ।

निलंबित सांसद आलमको पक्षमा वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, प्रेम बहादुर खडका, अधिवक्ता रमन कुमार श्रेष्ठ , शेख आविद हुसैन, यदुनाथ खनाल, सतीश कुमार झा, अजय कुमार पटेल, महमद मजरुल हक, आफताव आलम, लालबाबू राय यादव रहेका छन् । जनता समाजबादी पार्टी नेपालका नेता किरण साहले बम काण्डका मुख्य नायकको रुपमा मोहमद महताव आलम रहेको बताएका छन् । बम बनाउने देखि मृतक र घाइतेहरुलाई जिउदै जलाउने कार्य समेतमा महताव आलम मुख्य योजनाकारको भूमिका निर्वाह गरेको दावी उनले गरेका हुन ।

Comment


Related News

Latest News

Trending News