अपडेट 
२०७७ मंसिर २३, मंगलवार ०७:४०

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले सूचना प्रविधिको अधिकतम र उचित प्रयोग गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रादेशिक सुशासन केन्द्र मुजेलियामा प्रदेश मातहतका कर्मचारीहरुको लागि आयोजित सूचना संचार प्रविधि सम्बन्धि क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो निर्देशन दिएको हो । आजको युग सूचना प्रवृद्धिको युग हो, उनले भने–‘अबको समृद्धि र विकासका लागि सूचना प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेको छ ।’ कर्मचारीहरुको लागि अनुशासन आवश्यक रहेको जिकिर गर्दै उनले कर्मचारी तन्त्रमा अनुशासन कायम नभए सम्म विकास र समृद्धिको परिकल्पना समेत गर्न नसकिने उल्लेख गरे । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव यम प्रसाद भुषालको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख सचिव अर्जुन प्रसाद पोखरेलले देशका कर्मचारीहरुलाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको र यसले भविष्यमा समेत निरन्तरता पाउने बताए ।

कार्यक्रममा प्रादेशिक सुशासन केन्द्रका निर्देशक रुपेश कुमार साहले तालिमबाट प्राप्त उपलब्धी बारे प्रस्तुती गरेका थिए ।

Comment


Related News

Latest News

Trending News