अपडेट 
२०७७ मंसिर २३, मंगलवार १३:०२

सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ । सोमबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार ९४ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारको कारोबारका लागि महासंघले तेजाबी सुनको भाउ ९३ हजार ६५० रुपैयाँ तोकेको छ । यस्तै चाँदीको भाउ पनि सोमबारको तुलनामा तोलामा ३० रुपैयाँले बढेर १२३५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजार मूल्यकै कारण नेपालमा पनि सुनको भाउ बढेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News