हाल भारतको बिहार र आसपासमा न्यून चापीय प्रणाली रहेको छ । हाल देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार दिउँसो प्रदेश नं १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदूरपश्चिमी प्रदेशका पहाडी भूभागमा र प्रदेश नं २ मा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
त्यस्तै, राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।


