अपडेट 
२०७७ मंसिर २४, बुधबार ०७:०६

विश्वभरमा चार करोड ७४ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा चार करोड ७४ लाख ४३ हजार चार सय ६४ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा ६ करोड ८५ लाख ४१ हजार आठ सय ५३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १५ लाख ६२ हजार १४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ९५ लाख ३६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ५५ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ९० लाख ८१ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ९३ हजार तीन सय ५३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म ९७ लाख ३५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९२ लाख १४ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४१ हजार तीन सय ९८ जना पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख ४३ हजार तीन सय ७७ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख २९ हजार ५४ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार ६ सय ३७ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News