सिरहामा ट्वाइलेट सफा गर्ने क्रममा निसासिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बिष्णुपुर गाउँपालिका वडा न ४ थल्हाकटहामा ट्वाइलेट सफा गर्ने क्रममा निसासिएर कलियानपुर नगरपालिका १ निवासी ५० वर्षीय सुरज पासवानको मृत्यु भएको हो ।
घटनामा ३ जना बेहोस भएका छन् ।करिब २० दिनअघि बनाइएको टोइलेट्को हदको ढक्कन खोलेर सफाइ गर्न प्रवेश गरेपछि अक्सिजन अभावले बेहोश भई एक मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार घाइते हुनेहरुमा सिरहाको सुखिपुर नगरपालिका ५ निवासी १८ वर्षीय राम सिहहेश्वर सदा, कलियानपुर नगरपालिका १ निवासी ४७ वर्षीय देवनारायण पासवान र स्थनिय राम औतार पासवान रहेका छन् । मृतकलाई निकाल्न प्रवेश गरेका तीन मजदुर पनि बेहोस भएको स्थानीय हरिनारायन यादवले बताए ।
घइते तिनैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्वाइलेट हदमा अक्सिजन अभावभएपछि पंखा चालाएर बेहोस भएकाहरू सँगै मृतकलाइ पनि स्थानीयले निकालेका थिए । मृतकको शव पोस्टमार्टमका लागी जिल्ला अस्पताल सिरहा लगिएको प्रहरीले जनाएको छ।