अपडेट 
२०७७ मंसिर २५, बिहीबार ०७:५६

जीतपुर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बारास्थित प्रदेश स्तरीय अमलेखगञ्ज डिपोमा अनुसन्धान शुरु गरेको छ । आयल निगमले पेट्रोलियम पदार्थको चुहावट रोक्न टयांकरमा लकिङ प्रणाली जडान गरे पनि चुहावट नरोकिएपछि सिआईबीले अनुसन्धान शुरु गरेको हो । सिआइबीका प्रमुख डिआइजी सहकुल थापाले पेट्रोलियम पदार्थको चोरीको अवस्था भयावह रहेकाले सिआइबीले गम्भीर रुपमा अनुसन्धान गर्ने बताएका छन् । थानकोट डिपोमा दुईवटा टयांकरमा फल्ट बटम प्रयोग गरेर पेट्रोलियम पदार्थको चोरीको घटना भएपछि सिआइबीले देशैभरका निगम डिपोहरुमा अनुसन्धान सुरु गरेको उनले बताए ।

सिआइबीले प्रादेशिक डिपो अम्लेखगञ्जका पेट्रोलियम पदार्थ बोक्ने टयांकरहरुको लकिङ र फिटिङ चेकजाँच गरेको प्रादेशिक डिपो अम्लेखगञ्जका प्रमुख भरत रेग्मीले बताए । पेट्रोलियम पदार्थमा हुने मिसावट र चुहावट रोक्न निगमले दुई वर्ष अघि टयांकरमा लकिङ प्रणाली जडान गरेको हो । तर, चालक र सहचालकले विभिन्न उपाय अपनाएर पेट्रोलियम पदार्थ चोरी गर्न थालेपछि लकिङ प्रणालीको प्रभावकारितामाथि नै प्रश्न उठेको हो।भारतको बरौनीबाट २० हजार लिटर डिजल÷पेट्रोल लोड गरिएको टयांकरबाट अम्लेखगञ्जमा अपलोड (खन्याउँदा) १०० देखि सवा सय लिटरसम्म कम हुने गरेको प्रमुख रेग्मीले बताए ।

Comment


Related News

Latest News

Trending News