अपडेट 
२०७७ मंसिर २५, बिहीबार ०९:१०

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

बिहान ९ बजे बस्ने बैठकमा सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । कांग्रेसले आउँदो सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दै छ । यसकै तयारीका लागि आज छलफल गर्न बैठक बस्न लागिएको हो  ।प्रवक्ता शर्माका अनुसार आजको बैठकमा सरकार विरोधी आन्दोलन र पार्टीको आन्तरिक विषयवस्तुमा पनि छलफल हुनेछ । कांग्रेसको गएको १९ गते बसेको बैठकले ७७ वटै जिल्लामा सरकार विरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

गएको १७ गते तनहुँमा पुल उद्घाटनका लागि पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै कांग्रेसले सरकारको चर्को आलोचना गर्दै आएको छ । यस्तै सरकारले भ्रष्टाचारलाई संरक्षण दिएको र कोरोना भाइरसको उपचार तथा नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको कांग्रेसको निष्कर्ष छ ।

Comment


Related News

Latest News

Trending News