अपडेट 
२०७७ मंसिर २५, बिहीबार १३:२३

सुनको भाउ फेरि घट्न थालेको छ । आज एकैदिन तोलामा ९ सय रुपैयाँले भाउ घटेर ९२ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँ कायम भएको थियो । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउ घटबढ भइरहेको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News