२०७७ मंसिर २५, बिहीबार १५:४९

भारतीय विदेश सचिव नेपालको भ्रमण सम्पन्न गरेर फर्केको दुई हप्ता बित्न नपाउँदै भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन् ।

उनले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गरेका छन् । भेटका बारेमा जानकारी दिँदै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दुई देशको बीचमा जनस्तरमा रहेको सम्बन्धलाई सुदढ बनाउने विषयमा कुराकानी भएको अनलाइनखबरलाई बताए ।उनी नेपाल कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा नेपाल आएको बुझिएको छ ।

Comment

Related News

Latest News

Trending News