२०७७ मंसिर २६, शुक्रबार ०७:१८

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा गठित अध्ययन समितिले सरकारी तथा सार्वजनिक निकायहरुमा साताको दुई दिन बिदा दिनु उपयुक्त हुने सिफारिस गरेको छ । कोरोनाले  थलिएको पर्यटन क्षेत्रलाई उकास्नेबारे गरिएको अध्ययनमा सरकारी तथा सार्वजनिक निकायमा साताको दुई दिन बिदा दिनुपर्नेमा जोड दिइएको हो।

बिदासम्बधी अध्ययन, सिफारिस र निर्णय दिने अधिकार गृह मन्त्रालयको हो तर पर्यटन क्षेत्र लक्षित पर्यटन मन्त्रालयले गराएको अध्ययनमा दुई दिन बिदालाई उपयुक्त मानिएको छ । कोरोनाका कारण बाह्य पर्यटनको आवागमन शून्यमा झरेकाले आन्तरिक पर्यटकलाई बढावा दिन मन्त्रालयले उपायको खोजी गरेको हो ।

पर्यटन मन्त्रालयका सचिव कमल भट्टराईको नेतृत्वको समितिले सरकारी तथा निजी क्षेत्र सबैले दुई दिन बिदा दिए सातामा ७ / ८ लाख मानिस घुमफिरमा लागि निस्कने आंकलन गरेको छ ।

Comment


Related News

Latest News

Trending News