अपडेट 
२०७७ मंसिर २६, शुक्रबार १९:५६

धनुषाको नगराईन नगरपालिकास्थित नेपाल(भारत सिमा जटहिमा एक महिलाको शव फेला परेको छ ।

नगराईन नगरपालिका वडा नं.२ जहटी बोर्डरस्थित दुर्गापट्टी धार नजिक परालको कुइनो नजिकै सडेको अवस्थामा शव फेला परेको हो ।लामो समय बितिसकेकोले शव गन्हाईरहेको अवस्थामा फेला परेको सिमा प्रहरी चौकी जटहिले जनाएको छ । घाँस काट्न गएका केही स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जटहि भन्सारदेखि ५ सय मिटर पुर्व नेपाल भारतको सिमामा पहिचान खुल्न नसकेको अन्दाजी २०÷२२ वर्षीया महिलाको वेवारिस शवको शरीर डोरीले बाँधिएको अवस्थामा रहेको र आधा शरीर जनावरले खाईसकेको अवस्थामा भेटिएको सिमा प्रहरी चौकी जटहिका इन्चार्ज प्रहरी सहायक निरिक्षक मनु श्रेष्ठले जानकारी दिए ।

उनले सो महिलाको कसैले हत्या गरेर फालिएको हुन सक्ने आशंका गरेका छन् । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । थप अनुसान्धन भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News