अपडेट 
२०७७ मंसिर २८, आईतवार ०७:३२

विश्वभरमा पाँच करोड चार लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । आइतबार बिहानसम्ममा पाँच करोड चार लाख ७४ हजार पाँच सय ४६ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा सात करोड २० लाख ८१ हजार पाँच सय ९८ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १६ लाख १० हजार सात सय ७० जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ९९ लाख ९६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ६५ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ९६ लाख ४२ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख पाँच हजार ५१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९८ लाख ५४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९३ लाख ५३ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४२ हजार नौं सय ९४ जना पुगेको छ । नेपालमा हालसम्म दुई लाख ४७ हजार पाँच सय ९३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ३४ हजार दुई सय ३१ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार ६ सय ८९ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News