अपडेट 
२०७७ मंसिर २८, आईतवार ०७:५४

मुख्यमन्त्री लालबाबु राउतले संघीयता, लोकतन्त्र र गणतन्त्र बचाउनमा संचारमाध्यमको भुमिकालाई महत्वपूर्ण बताएका छन् । २०६२/६३ को आन्दोलन होस् वा ६३/६४को आन्दोलन होस् हरेक कालखण्डमा संचारमाध्यमको भुमिका महत्वपुर्ण रहेको उनले चर्चा गरे ।

बीरगंजमा शनिबार आयोजित एक रेडियोको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले रेडियो वीरगंज स्थापनाकालदेखि नै लोकतन्त्रको पक्षमा सकारात्मक भुमिका निर्वाह गर्दै आएको बताए । जुनसुकै परिस्थितिमा सजक, निष्पक्ष , निर्भय र निस्वार्थ भएर उक्त रेडियोले खेल्दै आएको भुमिका सराहनीय रहेको मुख्यमन्त्री राउतले थपे । लोकतन्त्र बचाउने प्रमुख भुमिकामा संचाकर्मी नै रहेको उनको तर्क थियो । नाकाबन्दीको बेला सीमाक्षेत्रमा गरिएको आन्दोलन तुहाउन तत्कालिन गृहमन्त्रीले गरेको षड्यन्त्रलाई संचाकर्मीहरुकै कारण आफुहरु निष्फल पार्न सफल भएको उनले स्मरण गरे । आज पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न चलखेल भईरहेको उनले आरोप लगाए । अहिलेको लोकतान्त्रिक व्यवस्थालाई समाप्त पार्न नदिन संचारकर्मी र रेडियो बीरगंजले निरन्तर सकारात्मक भुमिका निर्वाह गर्दै अगाडी बढ्नु पर्नेमा उनले जोड दिए ।

यसैगरी प्रदेश २ का भौतिक पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले सन्तुलित भावमा हर्षको क्षणमा पिडाको क्षणमा जुनसुकै परि स्थितिमा सन्तुलित भावमा रहेर रेडियो बीरगंजले समाचार प्रसारण गर्दै आएको बताए । लोकतन्त्रमा स्वतन्त्र पत्रकारिताको परिकल्पना मात्र गर्न सकिन्छ जहाँ प्रेस स्वतन्त्रता मजबुत हुन्छ त्यही लोकतन्त्र मजबुत हुने उनको भनाई थियो । लोकतन्त्र विरोधीले जहिले पनि पहिलो पंक्तिमा संचारकर्मी कै गल्ला घोट्ने, घाँटी निमोट्ने काम गर्ने गरेको उनले बताए । प्रदेश सरकार जहिले पनि स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको उनले दावी गरे । सो अवसरमा पर्सा क्षेत्र नम्बर १ का प्रदिप यादव, पर्सा क्षेत्र नम्बर ३ का हरिनारायण रौनियार, प्रदेससभा सदस्य राजेश्वर साह, प्रहलाद गीरी, बीरगंज महानगरपालिका प्रमुख विजय सरावगी, नेपाली कांग्रसका पर्सा जिल्ला सभापति अजय द्विवेदी, बीरगंज उद्योग वाणीज्य संघका अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका सदस्य गोपाल केडिया, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, नेपाल पत्रकार संघपर्साका सभापति श्याम बन्जारा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वक्ताहरुले रेडियो बीरगंजले आफ्नो १८औं वर्ष पुरा गरी गौरवमय रुपमा १९ औं वर्षमा प्रवेश गरेकोमा शुभकामना दिदै रेडियो अगामी दिनमा पनि यसरी नै जनतासामु निष्पक्ष समाचार लगायत सुचना तथा मनोरन्जनात्मक कार्यक्रम निरन्तर रुपमा संचालन गर्दै जाओस् भनि कामना व्यक्त गरेका थिए ।

कार्यक्रममा राजनितिकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी, रेडियोका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै साहले सबैको साथ र सहयोगले रेडियोले गौरवमय रुपमा १८ बर्ष पुरा गरेको बताए । कार्यक्रममा रेडियो वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारीले रेडियो वीरगंजले समाचार, मनोरञ्जनलाई मात्र नसमेटेर सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान, बाढि पहिरो, आधीबेहेरी, भुकम्प लगायतका दैवि विपत्तीमा समेत जनताको दुःखमा मलमपट्टि लगाउन अग्रणी भूमिका खेलेको बताए ।

Comment


Related News

Latest News

Trending News