अपडेट 
२०७७ मंसिर २८, आईतवार १७:२६

रक्तदान जीवन दानको नाराका साथ जनकपुरधाममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मुलुकमा भइरहेको रगतको अभावलाई कम गर्नका लागि समाजीक कार्यहरुमा संगलग्न हुदै आएका मुश्लिम समाज सुधार नेपालको अगुवाईमा रक्तदान कार्यक्रम गरिएको हो ।

जनकपुरधामको जिरोमाईलमा गरिएको रक्तदान कार्यक्रममा कुल १७ जनालाई रक्तदान गरेका थिए । मुश्लिम समाज सुधार नेपालले गरेको आकस्मीक रक्तदान कार्यक्रममा कोरोना भाइरसको माहामारीका कारण रक्तदान जस्ता कार्यक्रम नहुदा विभिन्न अस्पतालमा रगतको अभाव भएकोले आकास्मीक रुपमा रक्तदान गरिएको जनाइएको छ ।

मुश्लिम समाज सुधार नेपालका अध्यक्ष जियाउल राईनले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै पुर्ण समाजीक दुरी पालना गरि रक्तदान कार्यक्रम गरिएको र मुलुकमा भएको रगतको अभावमा समाजीकता वहन स्वरुप कार्यक्रमको आयोजना गरिएको वताए । कार्यक्रम मुश्ली समाज सुधारका सल्लाहकार युनुस मोमिन,मासुम राईन लगायत मुश्लिम समाजका अगुवाहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News