अपडेट 
२०७७ मंसिर २९, सोमबार ०७:४०

सिरहा अत्याधिक जाडोले सिरहा सहित तराईका जनजिवन प्रभावित भएको छ ।

सिरहाको सदरमुकाम सिरहा सहित तराईका जिल्लाहरुमा विगत तिन दिनदेखि एकएक बढेको जाडोले जनजिवन कष्टकर बनेको छ । विहानै देखि वाक्लो हुस्सु संगै चिसो हावा चलेका कारणले जनजिबन थप प्रभाबित हुदैँ गएको छ । जाडो बढेकोले दैनिक दिनचर्या विताउन समेत समस्या भईरहेका छन् । जाडोको कारण सिरहा, सप्तरी, सुनसरी, मोरंग, झापा, धनुषा, महोतरी, सर्लाही, बारा, पर्सा लगायतका जिल्लाहरुको जनजिबनअस्तब्यस्त बनेको छ । जाडो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धाहरु बढि समस्यामा परेको छ । चिसो बढेसंगै सर्बसाधारणहरु गरम कपडा र आगो ताप्ने व्यवस्था गर्न थालेका छन् । अत्यधिक जाडोका कारण बजारहरुमा न्यानो कपडाको बिक्री बढेको गोलबजार बेपार सघका अधक्क्ष भारत अग्रवाल जनाएको छ ।

जिल्ला अस्पताल सिरहा मा चिसोका कारण बिरामीको संख्या बाक्लिन थालेको जिल्ला अस्पताल सिरहा ले जनाएको छ जिल्ला अस्पताल मा दैनिक ९० देखि ९५ जना बिरामी उपचारको लागि आउने गरेको जिल्ला अस्पताल सिराहाका मेडिकल सुप्रिटेन्दें डा नागेन्द्र प्रसाद यादवले जनाएको छ अस्पताल मा दम, निमोनिया, कोल्ड डेरीया झाडापखाला का बिरामीको संख्या बढिरहेको जिल्ला अस्पताल सिरहाले जनाएको छ । जाडोमा लगाईने ज्याकेट, सुइटर, टोपि, ट्राउजर, हाइनेक लगायतका बाक्लो कपडाहरुको बिक्रि बढेको छ । विगतका वर्षहरुमा सम्बन्धित निकायले जिल्लाको बिभन्न स्थानहरुमा दाउरा उपलव्ध गराए पनि यस वर्ष मौन रहेको छ ।

Comment


Related News

Latest News

Trending News