अपडेट 
२०७७ मंसिर ३०, मंगलवार १५:२२

संवैधानिक परिषदबारे सरकारको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी (पहिला संशाेधन) अध्यादेश २०७७ जारी गर्नुभएको हो ।

मङ्गलबार बिहान बोलाइएको परिषद् बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बेलुकी ५ बजेका लागि सारिएको छ । संवैधानिक निकायमा पदपूर्ति गर्नुपर्ने जस्तो विषयमा छलफल गर्न कुनै तयारी नगरि बैठक बोलाइएकोले आफू बिहानको छलफलमा सहभागी नभएको सभामुख सापकोटाले बताउनुभएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा उपसभामुख रहने व्यवस्था रहेको छ ।

Comment


Related News

Latest News

Trending News