अपडेट 
२०७७ पुष १, बुधबार १४:०८

नेपालको आफ्नै स्याटेलाइट राख्न नेपाल दूरसञ्चार प्राधिकरणले पुनः नयाँ प्रक्रिया अगाडी बढाएको छ ।

स्याटेलाइट राख्न ४ वर्ष अघि शुरू गरेको पुरानो प्रक्रिया रद्द गरेपछि प्राधिकरणले नयाँ प्रक्रिया अगाडी बढाएको हो । दूरसञ्चार प्राधिकरणले बुधबार सूचना प्रकाशित गर्दै स्याटेलाइटको नियमन तथा सुरक्षा, व्यवसायिक मोडालिटी र सञ्चालनको मोडालिटी नीति तयार गर्न अन्तर्राष्ट्रिय परामर्श माग गरेको छ ।

परामर्शको लागि नेपाल सरकारले छुट्टै रकम विनियोजन गरेको भन्दै दूरसञ्चार प्राधिकरणले इच्छुक परामर्शदाताबाट आशयपत्र माग गरेको हो । इच्छुक परामर्शदाताले आशयपत्रसँग सम्बन्धित डकुमेन्ट निः शूल्क लिन सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार परामर्शदाताले यो प्रक्रियाको लागि अन्य परामर्शदातासँग सहकार्य गर्न सक्ने छन् ।

परामर्शदाताले आगामी डिसेम्बर ३१ भित्र आफ्नो आशयपत्र दर्ता गरिसक्नु पर्नेछ । आशयपत्रको मुल्यांकन ४० प्रतिशत योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा गरिने छ । आशयपत्र मुल्यांकनको आधारमा सर्टलिस्टेड फर्महरुलाई मात्र प्राविधिक र वित्तिय प्रस्ताव पेश गर्न इन्भाइट गरिनेछ । आशयपत्र पास हुनलाई न्युन्तम ६० स्कोर प्राप्त गर्नुपर्ने छ ।

Comment


Related News

Latest News

Trending News