![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/08/Ministry-of-Health-and-Population-1.jpg)
पछिल्लो २४ घण्टामा ७३६ कोरोना संक्रमित थपिएका छन् भने, १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बुधबार थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण भएको छ । १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ४५२ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ७५७ जना सक्रिय संक्रमित छन् ।
आज ८४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको मन्त्रालयले जनाएको छ ।