अपडेट 
२०७७ पुष १, बुधबार १६:५९

रौतहटमा अवैध कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

कटहरिया नगरपालिका–७ बगही टोलका राज महमद आलम कटुवा पेस्तोलसहित पक्राउ परेका हुन् । आलमसहित एक मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।  जिल्लाको बगही गाउँस्थित सडकबाट BR.30W-4873 नम्बरको स्पेलेण्डर मोटर साइकल खानतलासी गर्दा सो साइकलको सिट कभरभित्र १२ बोरको नल कटुवा बन्दुक लुकाई राखेको अवस्थामा फेला पारिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रबि रावलले जानकारी दिए ।

आलमलाई रौतहट जिल्ला अदालत गौरबाट  ५ दिको म्याद थप अनुमति लिई न्यायिक हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News