अपडेट 
२०७७ पुष १, बुधबार १७:१३

प्रधानमन्त्री केपी शर्मा ओलीले जारी अध्यादेश फिर्ता लिने सहमति जनाएपछि संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा उपस्थित एक नेता सो कुराको जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति भएसँगै सत्तारूढ दल नेकपाका सांसदहरूले संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कहाँ लगेको निवेदन पनि फिर्ता गर्ने सहमति भएको हो । बुधबार दिउँसो संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए ।

नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका थिए । तर, उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र सांसदहरुको हस्ताक्षर बुझाउन पाएका थिएनन् ।

Comment


Related News

Latest News

Trending News