अपडेट 
२०७७ पुष ३, शुक्रबार ०७:४६

जनकपुरधाम । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साहले क्लोथ बैंकको निरीक्षण गरेका छन् ।

बैंकले गरिव तथा विपन्नहरुलाई निःशुल्क लत्ताकपडा वितरण गर्ने सामाजिक संस्था हो । गरिव तथा विपन्नहरुको सहयोगी बनेको क्लोथ बैंकमा कपडाको कमी भएकोमा ध्यानाकर्षण भएपछि मन्त्री साहले बिहीबार निरीक्षण गरेका हुन् । उनले जनकपुरधामको जिल्ला समन्वय समितिको हाताभित्र रहेको क्लोथ बैंक नेपालको अवस्था बुझेका थिए । मन्त्री साहले क्लोथ बैंकको निरीक्षण गर्दै तत्कालका लागि आफनो निजी सहयोगमा बैंकलाई पचास थान कम्वल उपलब्ध गराउने घोषणा गर्दै क्लोथ बैंकमा कपडाको संख्या बढाउनका लागि मन्त्रालयबाट आर्थिक सहयोगका लागि यथासिघ्र पहल गर्ने प्रतिवद्धता जनाए । क्लोथ बैंक पुगेका मन्त्री साहलाई सम्मान गर्दै बैंकका अध्यक्ष राजीव झाले आफु राजनीतिक दलको नेता समेत भएकोले केहि व्यक्तिहरुले बैंकलाई निजी स्वार्थ पुर्तिको संस्था बुझेको गुनासो गरे ।

गरिब र विपन्नलाई सहयोग गर्ने संस्थाको रुपमा बैंकलाई अगाडी बढाएकोले यसलाई राजनीतिक रंग नदिनको लागि उनले आग्रह गरे । उनले बैंकको माध्यमले अहिले सम्म पाच हजार भन्दा बढी गरिव तथा विपन्नलाई कपडा सहयोग गरिसकेको जनाउदै बैंकमा कपडा लिन दैनिक रुपमा पुग्ने विपन्नहरुलाई विना कुनै सिफारिसको निशुल्क कपडा वितरण गर्दै आएको बताए । सामाजिक उत्तरदायी बुभ् mने व्यक्तिहरुले बैंकलाई वितरण गर्नको लागि कपडा सहयोग गर्न उनले आग्रह गरे । एक वर्ष पहिले जिल्ला प्रशासन कार्यालय धनुषा,जिल्ला प्रहरी कार्यालय धनुषा,नेपाल पत्रकार महासंघ धनुषा लगायतको निकायहरुको संयुक्त समन्वय तथा जनता समाजवादी पार्टीका केन्द्रिय नेता राजीव झाको अगुवाईमा संचालनमा आएको क्लोथ बैंकले घर घरमा पुगेर गरिव तथा विपन्नहरुलाई सहयोग गरेको छ ।

बैंकमा अहिले कपडाको अभाव छ, उनले भने–‘यसमा सबैले सहयोग गर्नुपर्छ ।’ क्लोथ बैंकले कोरोना महामारीमा कोरोनाबाट लड्नको लागि चिकित्सकहरुको टोली बनाएर घर घरमा सेवा प्रदान गरेको थियो ।

Comment


Related News

Latest News

Trending News