अपडेट 
२०७७ पुष ४, शनिबार ०७:२७

जनकपुरधाम । भगवान सीतारामको विवाह संस्मरणमा शनिवार (आज) विवाहपञ्चमी धुमधामका साथ मनाइदैँछ ।

सताव्यापी रुपमा मनाइने विवाहपञ्चमी विगत ६ दिन देखि विभिन्न कार्यक्रम गरि मनाइदै आएका छन् । जनकपुरधामको गंगासागरमा रामजानकी विवाहको पुर्व सन्ध्यामा शुक्रवार मटकोर सम्पन भएको छ । सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत पाचौ दिन मटकोर मनाइएको हो । विवाह अगाडी वैदिक परम्परा अनुसार माटोको पुजा गर्ने विवाहको पुर्व सन्ध्यामा मटकोर विधि गरिएको हो । मैथिली परम्परा अनुसार हुने विवाहको सबै विधि सिताराम विवाह अर्थात विवाह पञ्चमिमा हुने गरेको छ । सीताराम विवाह महोत्सवका लागि जानकी मन्दिरलाई विद्युतिय सजावटले दुलही झै सिंगारीएको छ ।

जानकी मन्दिरले वर्षेनि आयोजना गर्ने विवाह महोत्वमा भव्य मेला लाग्ने गरेको छ । तर, यस वर्ष भारतको अयोध्याबाट जन्ती नआउने भएपछि खल्लो भएको छ । विवाह पञ्चचमीको अवसरमा जानकी मन्दिर परिसरमा रामलिलामा आयोजना गरिएको छ । जनकपुरको जानकी मन्दिर सिताको तर्फबाट र राम मन्दिर रामको तर्फबाट प्रतिनिधित्व गर्दैछ । विवाह महोत्सव अन्र्तगत पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, बिहीबार चौथो दिन तिलकोत्सव, पाँचौ दिन शुक्रबार गंगा सागरमा मटकोर मनाइएको छ । छठौ दिन शनिबार स्वयम्वर तथा शुभविवाह (विवाहपँचमी) र सातौ दिन राम कलेवाको आयोजना गरिनेछ । कोभिड–१९ का कारण नेपाल भारत सीमा बन्द हुदा भारतको अयोध्याबाट साधुसन्त विवाह महोत्सवमा सहभागि हुन नपाउदा यस पटकको मेला विगत भन्दा खल्लो भएको जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास बताउँछन् ।

‘भारतका पाहुना नआउँदा विवाह महोत्व खल्लो भएपनि यस वर्ष विवाह महोत्सव व्यवस्थित र भव्य हुने छ, उतराधिकारी महन्थ रामरोशनले भने,– ‘सिमा बन्द भएकाका कारण भारतको अयोध्याबाट जन्ती र अन्य साधु आउन सक्ने अवस्था छैन । भिडभाड कम हुँदा विवाह महोत्सव झन आकर्षक हुने छ ।’

Comment


Related News

Latest News

Trending News