अपडेट 
२०७७ पुष ४, शनिबार ०७:४४

उखु किसानको भुक्तानी नगरेको उद्योगीहरुमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउन प्रदेश २ सरकारले संघीय सरकारलाई आग्रह गरेको छ ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उखु किसानको भुक्तानी नगर्ने मिल संचालकहरुलाई कारबाहीको दायरामा ल्याउनको लागि संघीय सरकारलाई आग्रह गरेका हुन् । भुक्तानी नपाएका प्रदेश २ का किसानहरु यतिखेर संघीय राजधानी काठमाण्डुमा आन्दोलनरत्त छन् । नगदेबाली भनिएको उखु किसानहरुले उधारोमा बेच्दै आएका छन् । विक्रि गरेको वर्षौ बितिसक्दा समेत मिल संचालकले भुक्तानी दिन अस्वीकार गरेपछि किसानहरु संघीय सरकारमा निर्णायक आन्दोलनमा छन् । उनीहरुको आन्दोलनमा विभिन्न संघसंगठनहरुले ऐकयबद्धता जनाएका छन् । विगतमा उखु किसान र सरकार बीच भएको सम्झौताहरु समेत कार्यान्वयन नहुँदा उनीहरु थप मारमा परेका छन् ।

नगद लगानी गरेर उद्यारोमा विक्रि गरेका उखु किसानको भुक्तानी नदिएको उद्योगी विरुद्ध सम्पूर्ण साधनश्रोत लगाएर कारबाहीको दायरामा ल्याउन मन्त्री साहले विज्ञप्तिमार्पmत आग्रह गरेका हुन् । संघीय सरकारको जिम्मेवारी र नियन्त्रित व्यवस्था भित्र रहँदै आएको बिउबिजन, मलखादको उपलब्धता र बिक्रीवितरण प्रणाली तथा कृषिजन्य उत्पादनको मूल्य निर्धारण तथा भुक्तानीजस्ता आधारभूत कार्य व्यवस्थित, वैज्ञानिक र किसान हितकारी नहुँदा पहिल्यैदेखि लगानी अनुरुपको प्रतिफल प्राप्त नहुने मर्कामा परेका किसानहरुको समस्या तत्काल समाधान गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

Comment


Related News

Latest News

Trending News