अपडेट 
२०७७ पुष ४, शनिबार ०७:५४

विश्वभरमा पाँच करोड ३२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा पाँच करोड ३२ लाख ३९ हजार ५५ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा ७ करोड ५९ लाख ७१ हजार ४ सय १२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १६ लाख ८० हजार ५८ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा २ करोड १० लाख ५२ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ७८लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड तीन लाख ७२ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख २० हजार पाँच सय ७७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म १ करोड ४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९५ लाख ४९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार १ सय ७१ जना पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख ५२ हजार ४ सय ७४जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ४१ हजार ३ सय ९२ जना निको भएका छन् । यहाँ कोरोनाबाट १ हजार ७ सय ६५ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News