अपडेट 
२०७७ पुष ६, सोमबार ०७:०४

विश्वभरमा पाँच करोड ४० लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा पाँच करोड ४० लाख ५० हजार सात सय ६७ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा सात करोड ७१ लाख ५२ हजार १७ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १६ लाख ९९ हजार एक सय १४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा २ करोड १४ लाख दुई हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ८२ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड ६ लाख १७ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख २४ हजार आठ सय ४४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म १ करोड ५७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९६ लाख पाँच हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार आठ सय ४३ जना पुगेको छ । नेपालमा हालसम्म दुई लाख ५३ हजार सात सय ४३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ४३ हजार ६ सय ६४ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार सात सय ८८ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News