अपडेट 
२०७७ पुष ६, सोमबार ०७:२५

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा जनकपुरधाममा आइतबारजनता समाजवादी पार्टी र नेकपाका प्रचण्ड र माधव नेपाल निकटका नेता तथा कार्यकर्ताहरुले छुट्टाछुटै प्रदर्शन गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेता तथा कार्यकर्ताहरुले संसद् विघटनको विरोधमा दिउँसो स्थानीय जनक चोकमा विरोध प्रदर्शन गरेको छ । ओलीले संसद् विघटन सम्बन्धि गरेको निर्णय राष्ट्रघाति र गैर संवैधानिक रहेको भन्दै जसपाले विरोध प्रदर्शन गरेको हो । विरोध कार्यक्रममा जसपाका प्रदेश सांसद रामअशिष यादवले गणतन्त्र र संघियतालाई समाप्त गर्ने उदेश्यले प्रधानमन्त्री ओलीले संसद् विघटनको निर्णय गरेको आरोप लगाए । कुनै अदृष्य शक्तिको उक्साहटमा ओलीले राष्ट्रघाति र देशद्रोहि कार्य गरेको उल्लेख गर्दै सांसद यादवले भने,‘ तीन वर्ष सम्म बन्धक बनाएर राखियो नेकपाका सरकारले र थप देशलाई बन्धक बनाउने विभिन्न जालझेल र षडयन्त्र गरेको छ ।

तर नेपाली जनताले ओलीको मनसाय पुरा हुन दिदैनन् ।’ प्रम ओलीले गैर संवैधानिक कदमको विरोधमा तत्काल हामी विरोध प्रदर्शन गरेका छौ, उनले भने,‘ पछि पार्टीको निर्देशन अनुसार विरोधका थप कार्यक्रमलाई अगाडी बढाउँछौ ।’ यस अघि, नेकपाका प्रचण्ड र माधव निकट युवा संघका नेता तथा कार्यकर्ताहरुले प्रम ओलि मुर्दावाद र राष्ट्रपति मुर्दावादको नारा लगाउदै जनकपुरमा मोटरसाईकल जुलुस प्रदर्शन गरेको थियो । नेकपाका प्रदेश २ कार्यालयबाट निकालिएको मोटरसाईकल जुलुस जनकपुर बजारको पक्रिमणा गर्दै जनक चोकमा कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै युवा संघका केन्द्रिय सदस्य अनिल पासवानले जनादेश र गैर संवैधानिक कदम नेपका अध्यक्ष तथा प्रधानमन्त्री ओलिलाई पार्टीको सधारण सदस्य समेत नरहने गरि कारवाही माग गरेको छ ।

तानाशाही र भष्टाचारमा लृप्त ओलि सरकारले नेकपालाई नेपाली जनताले दिएको दुई तिहाई वहुमतलाई अपमान गरेको नेकपाका नेता रामकुमार यादवले बताए । कार्यक्रममा युवा संघ धनुषाका अध्यक्ष सरोज यादव, युवा संघका दिपक पटेल लगायतकाले मन्तव राखेका थिए । यता, नेकपाको केन्द्रमा रहेको विवादको प्रभाव प्रदेश सभामा समेत पर्ने भएको छ । प्रदेश २ सभामा पुर्व एमालेका २१ र पुर्व माओवादीबाट ११ गरि ३२ जना सांसद रहेका छन् । पार्टीकै आन्तरिक विवादका कारण प्रदेश सभा गठन भएको लामो समय भईसक्दा पनि नेकपाको कोटामा परेको सार्वजनिक लेखा समिति अहिले सम्म गठन हुन सकेको छैन । अहिले प्रदेश सभामा पुर्व एमालेको तर्फबाट संसदीय दलका नेता सत्यनारयाण मण्डल र प्रमुख सचेत सुन्दरवाहदुर विश्वकर्मा रहेको छ । भने पुर्व माओवादीले तर्फबाट दुई वटा संसदीय समिति पाएको छ । पार्टी एकताको क्रममा सो समहति भएको नेकपाका एक सासदले बताए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको सरकारलाई काम गर्न नदिने प्रवृतिका कारण पार्टी विभाजनको मोडमा आएको नेकपाका संसदीय दलका नेता सत्यानारण मण्डलले आरोप लगाए । प्रचण्ड र माधवलाई वहुमतको सरकार पचेन, नेता मण्डलले भने,‘ उनीहरुकै साघुरो सोचका कारण प्रम ओलि ज्यु संसद् विघटन सम्बन्धि प्रस्ताव ल्याउन वाध्य हुनुभयो ।’ संवैधानिक पदमा बसेका सभामुखले संवैधानिक परिषदको वैठकमा नजाने यो कस्तो व्यवहार हो ? नेता मण्डलले भने,‘ अहिले आएर विषेश अधिवेशनको लागि राष्ट्रपति कहाँ गएर लम्पसार भएका छन् ।’ यता, अध्यक्ष प्रचण्ड निकट प्रदेश सासद रामचन्द्र मण्डलले प्रम ओलिले पार्टी विभाजन र मुलुकलाई संवैधानिक संकटमा फसाएको आरोप लगाए । नेता मण्डलले भने,‘ अहिले तत्काल केहि भन्ने अवस्था छैन, हामी शोकाकुल अवस्थामा छौ, पार्टीका शिर्ष नेताहरु के निर्णय गर्छन त्यसको प्रतिक्षामा छौ ।’

Comment


Related News

Latest News

Trending News