अपडेट 
२०७७ पुष ६, सोमबार १५:४२

नेपाल भारत खुला सीमा सम्वाद समुहले नेपाल भारतको सीमा खोलाउनका लागि गर्दै आएको धर्ना कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ ।

संस्थाले एक विज्ञप्ती जारी गर्दै मुलुकमा व्याप्त राजनीतिक खिचातानीका कारण अशान्ती वातावरण सृजना हुन गएकोले धर्नाको कार्यक्रम तत्कालका लागि स्थगीत गर्दै आन्दोलनका अरु कार्यक्रम जारी राख्ने जनाएको छ । विज्ञप्तीमा उल्लेख गरिए अनुसार कोरोना भाइरसको महामारीको समयमा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको छ र सो घटना ओलीको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य रहेको उल्लेख छ । मुलुकमा आएको अस्थितीरताको वातवारणलाई दृष्टिगत गर्दै सीमा खोलाउनका लागि भइरहेको अन्य आन्दोलनलाई जारी राख्दै सीमामा भइरहेको अनिश्चितकालीन धर्नालाई तत्कालका लागि स्थगीत गरिएको संस्थाका केन्द्रिय संयोजक राजीव झाले वताएका छन ।

Comment


Related News

Latest News

Trending News