अपडेट 
२०७७ पुष ६, सोमबार १५:५२

चुरे तथ वनजंगल सरक्षण लगायतको माग राखी चुरे तथा वन जंगल संरक्षण अभियानले पुस ७ गते सुरु गर्ने आन्दोलनलाई तत्कालका लागि स्थगीत गरेको छ ।

मुलुकमा व्याप्त राजनीति खिचातानीका कारण आफनो आवाज समवन्धित पक्षसम्म नपुग्ने भन्दै संस्थाका अध्यक्ष सुनिल कुमार यादवले एक विज्ञप्ती जारी गर्दै आन्दोलनका समपुर्ण कार्यक्रम तत्कालका लागि स्थगीत गरिएको जनाइएको छ । संसद विघटन भएपछिको अस्थिरताको वातावरण र समवन्धित मन्त्रालयका मन्त्रीले समेत राजीनामा गरिसकेको हुनाले संस्थाले उठान गरेका मुद्धा समवन्धित पक्ष सम्म नपुग्ने भएकोले अर्को वैठक नबसेसम्मका लागि आन्दोलनका समपुर्ण कार्यक्रम स्थगीत गरिएको अध्यक्ष यादवले जनाए । उनले आन्दोलनका कार्यक्रम स्थगित गरिएपनि संस्थाल आफनो तबरबाट वनजंगल विनाश र चुरे विनाश भइरहेको क्रियाकलापलाई रोकनका लागि पहल जारी राख्ने जनाएको छ ।

संस्थाले ओमप्रकास भनिने दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर्नुपर्ने,प्रदेश नं २ का उद्योग मन्त्रालयले दिएका क्रसर उद्योगको लाइसेन्स छानवीन गरि साथै मापदण्ड विपरित रहेका सम्पुर्ण क्रसर उद्योग तत्काल वन्द गर्नुपर्ने,साविक वुटेन किता नं २००,२०२,२०६ हाल ६८२,६८३,६८४,६७९,६७८,६८०,६८१,६८७,६८८ र ६८९ हालको जग्गाधनी सिरहा जिल्लाको मारुती सिमेन्ट उद्योगका संचालक अनुज राठी र मनोज गोयलको नाममा रहेको जग्गा वदर गरि पुनः बनमा फिर्ता हुनुपर्ने,रौतहट जिल्लाको विजयपुर फतुवा नगरपालिकामा सागरनाथ वन विकास परियोजनाको २ सय हेक्टरजग्गा वनमा पुनः फिर्ता गराउनुपर्ने र विपि पुष्पलाल सामुदायीक वन रौतहटको एक सय हेक्टर अतिक्रमण जग्गा फिर्ता गराउनुपर्ने लगायतका मागहरु अघि सार्दै पुस ७ गते देखि मधेशका आठवटै जिल्लामा आन्दोलनको घोषणा गरेको थियो ।

Comment


Related News

Latest News

Trending News