अपडेट 
२०७७ पुष ७, मंगलवार ०८:२८

जनकपुरधाम । लामो समयदेखि विवादित रहेको जानकी मन्दिर फुलवारीको पर्खाल पुनःनिर्माण गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश २ को पहलमा सोमबार बसेको सर्वपक्षीय बैठकले लामो समयदेखि भत्केको अवस्थामा रहेको फुलबारीको पर्खाल पुनःनिर्माण गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री स्वच्छता अभियानका सीडीई भगवान झाको अध्यक्षतामा बसेको बैठकले जानकी मन्दिरको फुलवारीको पर्खाल पुनःनिर्माण गर्नको लागि एक प्राविधिकहरुको टोली गठन गरेर काम अगाडी बढाउने भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले तत्काल पुनःनिर्माण कार्य शुरु गर्न भनेका छन् । मंगलबारदेखि नै पर्खाको अवशेष हटाउने कार्य शुरु हुने ई. झाले टुडेलाई बताए । अवशेष हटाएपछि प्राविधिकसहितको टोलीले नापी गरेर पर्खाल पुनःनिर्माण कार्य अगाडी बढाउने उनले थपे । पर्खाल फुलबारीतर्पm सारिएको भन्दै युवाहरुले केही दिन अगाडी भत्काएका थिए ।

साबिकक अवस्थामा पर्खाल रहदैन्, ई. झाले भने–‘पुर्वतिर जान्छ ।’ पर्खाल पुनःनिर्माण हुन नसक्दा जानकी मन्दिरको सौन्दर्यमा प्रभाव पारेको छ । सीताराम विवाहपंचमीमा पनि पर्खालको अवशेष नहटाउदा कुरुप देखिएको छ । केही दिनभित्रै पर्खाल निर्माण कार्य शुरु हुने विश्वास ई.झाले व्यक्त गरे । बैठकमा सुरक्षानिकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, साधुसन्त, बुद्धिजिवि, नागरिक समाजका अगुवा, जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादव लगायत सरोकारबालाहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News